Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागमती प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

बागमती प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • १९:१५:१८ बजे
  • 700
    SHARES
  • बागमती प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    बागमती प्रदेशमा नवनियुक्त मन्त्रीद्वयले नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तार मन्त्रिपरिषद गर्दै दुई सदस्य थप गरेका हुन् । मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए ।

    त्यसपछि पहिलो पटक आज मन्त्रिपरिषद् विस्तार गरिएको हो । तर मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन भने बाँकी नै छ ।

    मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology