Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बोल्ड नायिका मल्लिका शेरावत

बोल्ड नायिका मल्लिका शेरावत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • १९:१७:२६ बजे
  • 991
    SHARES
  • बोल्ड नायिका मल्लिका शेरावत

    एजेन्सी । भारतीय नायिका मल्लिका शेरावतको नाम बोल्ड नायिकामा गनिन्छ ।

    images

    फिल्म उद्योगमा आफ्नो करियर बनाउँदा उनले धेरै कुराहरु भोगेकी छन् । उनी आफ्नो करियरका बारेमा सार्वजनिक रुपमा रहस्यहरु खोल्दै आइरहेकी छन् ।

    ती रहस्यहरुमा उनले निर्माताहरुले आफूलाई कसरी र कस्ता कस्ता माग गर्दछन् भन्ने खुलाएकी छन् । हालै उनले एक अन्तर्वार्तामा एक जना निर्माताले आइटम गीतका लागि आफूसँग अनौठो आइडिया लिएर आएको बताएकी छन् ।

    मल्लिकाले ती निर्माताले उनको कम्मरमा रोटी पोल्न चाहेको देखिने गरि उनलाई हट हुन भनेको बताइन् । ‘द लव लाफ लिव शो’ मा अतिथिका रुपमा उपस्थित हुँदै उनले यस्तो बताएकी हुन् ।

    mallika-sherawat.jpg

    मल्लिकाले यो गीतका बारेमा कुरा गर्दै गीतमा काम गर्न इन्कार गरेको बताइन् । तर यो उनलाई धेरै नै हास्यास्पद भने लागेको थियो । मल्लिकाले भनिन्, ‘मलाई भारतमा महिलाहरुलाई हट देखाउने यो आइडिया धेरै नै अनौठो लाग्यो ।

    मलाई यस्तो कुरा कहिल्यै फुरेन । हो, अब मानिसको सोचमा परिवर्तन आएको छ र राम्रो वातावरण बनेको छ । तर मैले करियर सुरु गर्दा यो धेरै नै अनौठो थियो ।’

    मल्लिकाले ख्वाहिस र मर्डर जस्ता मिल्महरुका काम गरेर आफ्नो पहिचान बनाएकी थिइन् । उनलाई एक समय सेक्सको सिम्बलका रुपमा प्रस्तुत गरिन थालिएको थियो । उनले एक अर्का अन्तर्वार्तामा भनेकी छन्, ‘मलाई बोल्ड अनस्क्रीन रोलका लागि छानिने गरिन्थ्यो र पुरष कलाकारले पनि यसको फाइदा उठाउने कोसिस गर्दथे ।’

  • सम्बन्धित विषय:

  • # मल्लिका शेरावत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology