Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागिसके : माधव नेपाल

एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागिसके : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७८ शुक्रवार • ०९:४०:०४ बजे
  • 826
    SHARES
  • एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागिसके : माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागि सेकेको बताएका छन् ।

    images

    बिहीबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको बताएका हुन् ।

    उनले राष्ट्रिय सभा तथा रिक्त रहेको पदको चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ पार्ने दाबी गरेका छन् । गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्वीप’ पार्ने उनको भनाइ रहेको छ ।

    अध्यक्ष नेपाल सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरूको राजीनामाको बचाउमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना निर्णय गर्ने पाँच जना न्यायाधीशको राजीनामा दिनु पर्ने बताइरहेका बेला उनी भने बचाउमा लागेका हुन् ।

    ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको र रिस पोख्नु बाहेक केही नभएको प्रतिक्रिया दिए । उनले उच्च स्तरीय राजनीति संयन्त्र काम गर्नका लागि बनाइएको बताएका छन् ।

    प्रतिपक्षी एमालेले विरोध गरिरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले राम्रो नदेख्ने संस्कार भएकाले विरोध गर्ने गरेको प्रतिक्रिया दिएका हुन् ।

    ‘गठबन्धन फुट्छ भन्ने हल्ला फिँजाइएको छ, नेपालले भने,’ ‘यो संयन्त्रले त्यसलाई पनि दरिलो बनाउँछ ।’ आफ्नो पाटीको लहर देखेर अरू शक्ति आत्तिएको समेत उनले बताए ।

    विप्लव तथा वैद्यसँग बाम एकता गर्ने विषयमा छलफल भइरहेको उनले बताए । बिचार मिल्नेहरूसँग एकता गर्न सकिने उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology