Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्डले भने– विप्लवसँग चाँडै हात मिलाउने प्रतीक्षामा छु

प्रचण्डले भने– विप्लवसँग चाँडै हात मिलाउने प्रतीक्षामा छु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७८ शुक्रवार • १४:५१:०५ बजे
  • 1.6K
    SHARES
  • प्रचण्डले भने– विप्लवसँग चाँडै हात मिलाउने प्रतीक्षामा छु

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेत्रविक्रम चन्द‘विप्लव’ माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गरेका छन् ।

    images

    शुक्रबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बताएका हुन् ।

    “विप्लव पनि ढिलोचाँडो आउनुहुन्छ । अलग भएर होइन, एक ठाउँ भइ नेपाली क्रान्तिलाई मौलिक तरिकाले अघि लान सकिन्छ,” प्रचण्डले भने,“एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ, छिट्टै विप्लवजीहरुलाई पनि यहाँ हात मिलाउने, अंकमाल गर्ने प्रतिक्षामा छु ।”

    विप्लव जनयुद्धकालका प्रचण्डका सहयात्री हुन् । अहिले उनी नेपाल कम्युनिस्ट पार्टीका महासचिव छन् ।

    पार्टी विभाजन गरी बाहिरिएका मोहन वैद्य र डा.बाबुराम भट्टराईसँग एकताका लागि कुराकानी चलिरहेको पनि उनले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology