Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेको दशौँ महाधिवेशनको लोगो सार्वजनिकः गैँडाको हातमा कम्युनिष्ट पार्टीको झन्डा

एमालेको दशौँ महाधिवेशनको लोगो सार्वजनिकः गैँडाको हातमा कम्युनिष्ट पार्टीको झन्डा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७८ शुक्रवार • १६:३३:२९ बजे
  • 1.6K
    SHARES
  • एमालेको दशौँ महाधिवेशनको लोगो सार्वजनिकः गैँडाको हातमा कम्युनिष्ट पार्टीको झन्डा

    आगामी १०–१२ मंसिरमा चितवनको नारायणगढमा हुने नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको हो ।

    images

    कार्यक्रममा ‘नारायणगढ जाउँ, महाधिवेशन सफल पारौुं भन्ने जिंगलका सार्वजनिक गरिएको छ । यस्तै, गैँडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको लोगो पनि सार्वजनिक भएको छ ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता योगेश भट्टराईले महाधिवेशनमा आउने सबै प्रतिनिधिका लागि बस्न आवश्यक होटल र खानपानको व्यवस्था मिलाइ सकेको बताए । उनले सो अवसरमा मौषम परिवर्तनका कारण अहिले गैँडाको बासस्थान जोखिममा रहेको र गैँडालाई पुनः जंगल मै फर्काउने सन्देशसहित सांकेतिक रुपमा गैंडालालाई समावेश गरेको बताए ।

    उनले प्रचारप्रसार समितिले आफ्नो कार्ययोजना बनाएर मूल व्यवस्थापन समितिसँग सहकार्य गरिरहेको पनि बताए । यस वर्षको महाधिवेशनमा कपडाको ब्यानार र कागजको पम्प्लेट नबनाउने घोषणा पनि गरे । महाधिवेशन प्रचारप्रसारका लागि सोसल मिडिया र पार्टीको वेभसाइट, पेजको प्रयोग गर्ने उनले जनाए ।

    साथै, देशभर रहेका ठूला होर्डिङ बोर्डलाई पनि प्रयोग गरिनेछ । प्रचार प्रसारमा पार्टीका पूर्वअध्यक्ष र महासचिवहरूको भिडियोहरूलाई पनि राखिने बताए । कार्यक्रममा प्रवक्ता भट्टराईले ७५३ वटै स्थानीय तहमा प्रचार प्रसारका लागि गोष्ठी, सेमिनार आयोजना गरिने पनि जनाए ।

    साथै बुद्धिजीवी परिषद्को आयोजनामा प्रमुख सहरहरूमा छलफल पनि चलाइने छ । अन्य कार्यक्रममा युवा संघ नेपालले देशभर ७ मंसिरमा मोटरसाइकल र्याली निकाल्ने र चितवन, विरगन्ज काठमाडौंमा बढी प्रचार प्रासार गरिने जनाए । साथै, सम्पूर्ण राजमार्ग र शाखामार्गमा स्वागत द्धार तयार गरिने जनाए ।

    कार्यक्रममा पार्टीका महासचिव इश्वर पोखरेलले महाधिवेशमा देशभरबाट करिब आठ लाख पार्टी सदस्यबाट प्रतिनिधित्व गर्ने साथीहरुले सहभागीता जनाउँने र नयाँ जिम्मेवार नेतृत्व चयन गर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology