Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाललाई द्वारिकलालको घरमा लन्च पार्टी

नेपाललाई द्वारिकलालको घरमा लन्च पार्टी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७८ शुक्रवार • १८:४६:४४ बजे
  • 1.6K
    SHARES
  • नेपाललाई द्वारिकलालको घरमा लन्च पार्टी

    नेकपा एमाले सुनसरीका नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लन्च पार्टी दिएका छन् ।

    images

    एमाले सुनसरीको नेतृत्वकाबारेमा असन्तुष्ट चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायत नेकपा (एस)का नेतालाई घरमा भोज खुवाएका हुन् ।

    चौधरीले आफ्नो इटहरी लबिपुरस्थित घरमा खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् । उनले स्वागत गर्दै इटहरी उपमहानगरभित्र बाढीको समस्या, छ लेन सडकमा भएको अवरोध तथा अन्य विषयमा लिखित ध्यानाकर्षण पत्रसमेत नेपाललाई र मुख्यमन्त्री राईलाई दिएका थिए ।

    दुई दिनअघि मात्र उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धतिअनुसार नचलेको भन्दै माइक खोसेका थिए । उनले बैठकमा केन्द्रीय नेताहरूको हस्तक्षेप भएको विषयलाई लिएर बहिष्कार गरेका थिए ।

    बहिष्कार गरे पनि एमालेको रेवती भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो।

    चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी बिहीबार मात्र समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो सामाजिक सञ्जालमा हालेका थिए ।

    समाजवादीको इटहरी नगर कमिटीको फेसबुकवालमा पनि चौधरी र इटहरी उपमहानगरपालिका ४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology