Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेता कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

नेता कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७८ शनिवार • १०:३९:१७ बजे
  • 700
    SHARES
  • नेता कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

    जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो ।

    images

    त्यसैले दसैँतिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउनभन्दा पनि व्यस्त भए । जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैँदेखि मधेसमै छन् ।

    उनीहरु कात्तिकभर मधेसमै बस्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौँ आए ।

    धेरै जसो समय मधेसमै बसे । यहाँसम्म कि अघिल्लो दिन काठमाडौँ आएर भोलिपल्टै मधेश फर्किए । मधेसमा अहिले दिनहुँ जस्तो पार्टी प्रवेश कार्यक्रम हुने गरेका छन् ।

    कहिले जसपा त कहिले लोसपाका तर्फबाट पार्टी प्रवेश कार्यक्रम भइरहेका छन् । लोसपाको कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार कात्तिक २९ गते वीरगञ्जमा ठूलो तहको पार्टी कार्यक्रम राखिएको छ ।

    नेताहरुको नाम भने उनले खुलाउन चाहेनन् । नाम खुलाए चलखेल हुने उनको बुझाइ छ । यसले उपेन्द्र यादवलाई ठूलै धक्का लाग्ने उनको दाबी छ ।

    आजको नागरिक दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # जसपा र लोसपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology