Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले सिध्याइयो भन्ने सपना नदेख्न ओलीको चेतावनी

एमाले सिध्याइयो भन्ने सपना नदेख्न ओलीको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७८ शनिवार • १०:४६:०६ बजे
  • 898
    SHARES
  • एमाले सिध्याइयो भन्ने सपना नदेख्न ओलीको चेतावनी

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याइयो भन्ने सपना नदेख्न चेतावनी दिएका छन् । थप सुदृढ भएर एमाले सकिएको भ्रम पाल्नेहरुलाई जबाफ फर्काइरहेको ओलीको भनाइ छ ।

    images

    १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका अवसरमा आज एक भिडियो सन्देश दिँदै अध्यक्ष ओलीले भनेका छन्,“संघर्ष र स्वाभिमानको झन्डा बोकी, लोकतन्त्रको बहाली तथा सुखी जीवनका लागि समाजवादको आधार खडा गर्ने यस महान अभियानका हामी पटक–पटक लड्यौँ, घाइते भयौँ, तर फेरि उठ्यौँ र धुलो टक्टकाउँदै अघि बढ्यौँ ।

    अध्यक्ष ओलीको सन्देशमा माओवादी केन्द्रसँगको पार्टी एकताको र विभाजनको पृष्ठभूभि केलाइएको छ । एकताका नाममा पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास भएको स्मरण गरेका छन् ।

    “एकता प्रकृयापछि पार्टीको शीर्ष तह– सचिवालयमा पुगेका अराजक दक्षिणपन्थी अवसरवादीहरूद्वारा एकीकरणलाई पूर्णता दिने हैन, पार्टी ‘कब्जा’ गर्ने र पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास आरम्भ गरियो,” अध्यक्ष ओलीको मन्तव्यमा भनिएको छ ।

    दशौँ महाधिवेशनले एमालेले अघि बढाइआएको पार्टी निर्माण, विस्तार र एकता प्रकृयालाई नयाँ उचाइ प्रदान गर्ने अध्यक्ष ओलीको विश्वास छ ।

    अध्यक्ष ओलीले भनेका छन्, “हाम्रो प्रिय पार्टी नेकपा (एमाले)लाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्नेछ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology