Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दिल्लीमा बढ्यो खतरनाक वायु प्रदूषण

दिल्लीमा बढ्यो खतरनाक वायु प्रदूषण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७८ शनिवार • १३:३४:१६ बजे
  • 1.4K
    SHARES
  • दिल्लीमा बढ्यो खतरनाक वायु प्रदूषण

    एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदुषण उच्च भएको छ । प्रदूषण खतरनाक रुपले बढेपछि त्यहाँको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले मानिसहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिएको छ ।

    images

    शुक्रबार बेलुका ४ बजे दिल्लीको हावाको गुणस्तर ४७१ एक्युआई थियो । शनिबार बिहान अझ बढेको यो इन्डेक्स यो समाचार चयार गर्दा (१२ बजे) सम्म ५६४ मा छ । अहिले दिल्ली संसारकै एक नम्बर प्रदूषित शहरको रुपमा रहेको छ ।

    बोर्डले हावाको गुणस्तर खराब भएपछि गम्भीर रोगी, स्वास–प्रस्वासका बिरामी, बालबच्चा, गर्भवती र बुढाबुढीहरुलाई कम्तिमा आउँदो दुई दिनसम्म घरबाहिर ननिस्कन चेतावनी दिएको हो ।

    दीपावलीको बेलादेखि यसपालि बढ्दै गएको त्यहाँको वायु प्रदूषण अझै केही दिन कायम रहने बताइएको छ । नोभेम्बर १८ सम्म दिल्लीमा हावाको गुणस्तर अझ खराब हुन सक्ने अनुमान गरिएको छ ।

    वायु प्रदूषण उच्च भएपछि बोर्डले सरकारी र निजी कार्यालयका कर्मचारी तथा सवारी साधन ३० प्रतिशतले अल्पकालीन कटौती गर्न समेत सुझाव दिएको छ ।

    साथै राज्य र स्थानीय निकायले आपतकालीन उपाय अपनाउनु पर्ने, स्कुलहरु केही समय बन्द गर्नु पर्ने र निर्माण कार्य समेत रोक्नुपर्ने सुझाव दिएको छ ।

  • सम्बन्धित विषय:

  • # वायु प्रदूषण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology