Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ :डा.बाबुराम भट्टराई

गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ :डा.बाबुराम भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७८ शनिवार • १४:१७:४७ बजे
  • 667
    SHARES
  • गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ :डा.बाबुराम भट्टराई

    समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखाको उत्तरी क्षेत्रलाई अर्कै जिल्ला बनाउन अभियान चलाउन स्थानीयलाई आग्रह गर्नुभएको छ ।

    images

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष भट्टराईले संविधानले नै विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर उल्लेख गरेकाले यो सम्भव रहेको पनि बताउनुभयो ।

    उहाँ पछिल्लो केही दिनयता गृह जिल्ला गोरखाको भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा स्थानीयसँग छलफल तथा भेटघाट गरिरहनु भएको छ । स्थानीयसँग उहाँले भन्नुभयो, ‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ ।

    संविधानमा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ । अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ ।

    जनताले बुझ्ने भनेको जिल्ला हो।’ उहाँले आफ्नो सक्दा आफ्नो हातमा नभएसम्म र जनप्रतिनिधि आफैंले नचुनेसम्म जति चिच्याएपनि बिकास हुन नसक्ने जिकिर गर्नुभयो । भट्टराई गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंदसमेत हुनुहुन्छ ।

    उहाँले उत्तरी भेगका धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउन सकिने बताउनुभयो । यसका लागि अन्य दलहरुले पनि साथ दिनुपर्ने उहाँले आग्रह गर्नुभयो ।

    गोरखाको उत्तरी भेग निकै विकट रहेको छ । त्यहाँका स्थानीयहरुलाई सदरमुकाम धाउन र विभिन्न प्रशासनिक कार्यका लागि निकै झन्झट हुने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology