Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७८ शनिवार • १६:५३:३० बजे
  • 1.4K
    SHARES
  • फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

    फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्ने भएका छन् । बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्ने भएका हुन् ।

    images

    साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिश्पर्धा गर्न लाग्नु भएको निर्वाचन आयोगले जनाएको छ ।

    देशको प्रभावशाली पार्टी लकास सि एम डी पार्टीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

    “सारा डुटेर्टेले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्न आवश्यक कागजपत्रहरु आफ्ना प्रतिनिधि मार्फत पठाएर उम्मेदवारी दर्ता गराउनु भएको छ, अव उहाँले उपराष्ट्रपतिमा प्रतिश्पर्धा पर्ने निश्चित भएको छ,” आयोगका प्रवक्ता क्रिश्चिना गार्सिया फ्रास्कोले भनेका छन् ।

    उम्मेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उनले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ ।

    उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिश्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिनु भएको हो ।

    आफुले जनताले चाहे अनुसार काम गर्ने गरेकाले मतदाताले आफुलाई निर्वाचित गराउने उनले विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # फिलिपिन्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology