Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण

अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७८ शनिवार • १६:५५:३७ बजे
  • 904
    SHARES
  • अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण

    संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताएको छ । उक्त संस्थाले यहाँका बालिकाको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ ।

    images

    अफगानिस्तानमा निकै सानो उमेरमा पनि बालिकाको विवाह हुने गरेको तथा दाइजोका लागि बालिकाहरुकै किनबेचसमेत हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ ।

    अफगानिस्तानमा बालिकाको उमेर नपुग्दै विवाह हुने मात्र नभएर उनीहरुलाई दाइजोका रुपमा समेत किनबेच हुने गरेका सूचनाहरु पाएको भन्दै युनिसेफले यहाँका बालिकाको अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

    यहाँ सन् २०१९ मा समेत १८३ ओटा बालबिवाह भएको र १० जना बालिकालाई बिक्री गरिएको एक रिपोर्टमा जनाइएको युनिसेफले जनाएको छ ।

    युनिसेफले यसरी बिक्री गरिएका बालिकाको उमेर ६ महिनादेखि १७ वर्षको उमेरका रहेका पनि बताएको छ । एक रिपोर्टअनुसार हाल यहाँका २८ प्रतिशत युवतीको १८ वर्ष अगावै विवाह हुने गरेको छ ।

    महिला तथा बालिकाको यस्तो अवस्था रहेको अफगानिस्तानमा हालको तालिबानको शासनका समयमा महिला तथा बालिकामाथि थप समस्या हुनसक्ने भन्दै यसप्रति युनिसेफले चिन्ता व्यक्त गरेको हो ।

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology