Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

हिन्दूवादी संगठन, इस्लालाम धर्मालम्बबीचको विवादले जनकपुरमा भोलि १० बजे रातिसम्म निषेधाज्ञा

हिन्दूवादी संगठन, इस्लालाम धर्मालम्बबीचको विवादले जनकपुरमा भोलि १० बजे रातिसम्म निषेधाज्ञा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७८ शनिवार • १७:२८:३० बजे
  • 775
    SHARES
  • हिन्दूवादी संगठन, इस्लालाम धर्मालम्बबीचको विवादले जनकपुरमा भोलि १० बजे रातिसम्म निषेधाज्ञा

    जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउने भनिएको घाटको विषयमा हिन्दूवादी संगठन र स्थानीय इस्लालाम धर्मालम्बबीच चलेको विवाद निषेधाज्ञा जारी गर्नुपर्र्ने अवस्थामा पुगेको छ ।

    images

    शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामबाट प्रदर्शन गर्दै रुपैठा पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । तनावपूर्ण स्थितिलाई शान्त बनाउन पुगेको प्रहरी र उक्त समूहबीच झडप हुन पुगेको थियो ।

    स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तर, उक्त समूह झडपमा उत्रिँदा दुई जना प्रहरीसहित आन्दोलनकारी समूहका तीन जना घाइते भएका छन् ।

    उक्त तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम जटही सडक खण्ड पूर्णरुपमा प्रहरीले निषेधाज्ञा गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धुप्रसाद बास्तोलाद्वारा जारी विज्ञप्तिमा चार दिशा नै तोकेर निषेधाज्ञा लगाइएको छ । जारी विज्ञप्तिमा पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको भनिएको छ ।

    आज (शनिबार) दिउँसो २ बजेदेखि भोलि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । यस अवधिमा भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने विज्ञप्तिमा भनिएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीय मुस्लिम समुदायले अवरोध गरेपछि विवाद सुरु भएको थियो । उक्त विवादलाई लिएर शनिबार हिन्दुवादी संगठन विरोधमा उत्रेको थियो ।

  • सम्बन्धित विषय:

  • # रातिसम्म निषेधाज्ञा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology