Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अपरिपक्व यौन सम्बन्धले पुर्‍यायो किशोरीलाई अस्पताल

अपरिपक्व यौन सम्बन्धले पुर्‍यायो किशोरीलाई अस्पताल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७८ शनिवार • १८:१५:४९ बजे
  • 844
    SHARES
  • अपरिपक्व यौन सम्बन्धले पुर्‍यायो किशोरीलाई अस्पताल

    एजेन्सी/ सामाजिक सञ्जालमार्फत भएको चिनजानपछि प्रेममा डुबेका किशोर–किशोरीबीचको सम्बन्ध वियोगान्त बन्दा किशोरी अस्पताल र किशोर जेल (सुधार गृह) पुगेका छन् ।

    images

    यो घटना भारतको महाराष्ट्र राज्यस्थित बैतूलको हो । किशोरीलाई उच्च रक्तस्राबपछि नागपुरस्थित अस्पताल भर्ना गरिएको छ । महाराष्ट्रकी १७ वर्ष ६ महिना उमेरकी एक नाबालिग किशोरी र १७ वर्ष १० महिना उमेरका नाबालिग किशोरबीचको फेसबुक मित्रता प्रेममा परिणत भएको थियो ।

    मुल्ताई थाना इलाकास्थित एक गाउँमा बस्ने नाबालिग किशोरले किशोरीलाई धम्की दिएर महाराष्ट्रको सीमावर्ती प्रभटपट्टनमा भेट्न बोलाए, त्यहाँबाट उनले ती किशोरीलाई बैतूलमा लगे ।

    एक धार्मिक स्थलमा घुमेपछि उनीहरु होटलमा छिरे, जहाँ उनीहरुबीच शारिरीक सम्बन्ध बन्यो । शारीरिक सम्बन्धपछि किशोरीको स्वास्थ अवस्था बिग्रियो ।

    उच्च रक्तस्राव भएपछि यी किशोरले एक निजी डाक्टर कहाँ किशोरीलाई लिएर गए । तर, ती डाक्टरले यो केस हेर्न मानेनन् । त्यसपछि बाध्य भएर ती किशोरले जिल्ला अस्पतालमा किशोरीलाई लगे ।

    जिल्ला अस्पतालले यी किशोरीको परिवारलाई उनी अस्पतालमा भर्ना भएको जानकारी दियो । त्यसपछि यी किशोरीलाई थप उपचारका लागि नागपुर लगियो ।

    यता, पुलिसले किशोरलाई पक्राउ गरेर उनीविरुद्ध धारा ३७६, पाँक्सो प्रकरणमा मुद्दा दर्ता गर्‍यो, यी किशोरलाई अहिले सुधारगृहमा पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # किशोरीलाई अस्पताल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology