Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन गर्दै बार

प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन गर्दै बार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • ०९:२७:११ बजे
  • 619
    SHARES
  • प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन गर्दै बार

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ ।

    images

    यसअघि सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो ।

    बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ ।

    प्रधानन्यायाधीशलाई भने सर्वोच्च प्रवेशमा रोक लगाउन मूल गेटमै धर्ना दिने कार्यक्रम छ । जबरा गत शुक्रबार अर्को गेटबाट कार्यालय प्रवेश गरेका थिए ।

    उपत्यका र काभ्रेबाहेकका बार इकाइले कालोपट्टि बाँधेर काम गर्ने कार्यक्रम रहेको पौडेलले बताए । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology