Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२रुपैयाँसम्म

भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२रुपैयाँसम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • १०:१०:५० बजे
  • 655
    SHARES
  • भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२रुपैयाँसम्म

    भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।

    images

    बिहीवार साँझ भारतको ६ः ३० बजेदेखि ६ः ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

    ‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो ।

    यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ भारत सरकारको अनुमति पाएसँगै प्राधिकरणले गत कात्तिक १७ गतेयता निरन्तर त्यहाँको विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धीदरमा बिजुली विक्री गर्दै आएको छ ।

    सामान्यतया प्राधिकरणले दैनिक औसतमा प्रतियुनिट भारू ३–४ मा बिजुली विक्री गर्दै आएको छ । भारतमा देखिएको ऊर्जा संकट र पिक आवरमा विद्युतको मूल्य बढ्ने गरेको प्राधिकरणको भनाइ छ ।

    प्राधिकरणले कात्तिक १७ गतेयता आफ्नै स्वामित्वको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गर्दै आएको छ ।

    प्राधिकरणले दिनमा १५–१५ मिनेटको ९६ ओटा ब्लकमार्फत विजुली बिक्री गर्छ । त्यसअनुसार विद्युत् एक्सचेन्ज मार्केटमा १५–१५ मिनेटमा नै बिजुलीको खरीदविक्री दर थपघट हुने गर्छ ।

    त्यस क्रममा बिहीवार साँझ ६ः३० देखि ६ः ४५ सम्मको ब्लकमा भारू २० मा नेपाली विद्युत् विक्री भएको हो । प्राधिकरणका अनुसार प्रत्येक ब्लकमा विद्युत्को खरीदविक्री दर फरकफरक वा एउटै पनि हुन सक्छ ।

    भारू १ दशमलव ९९ मा पनि बिजुली विक्री हुने गरेको प्राधिकरणको भनाइ छ ।

    समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology