Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

कालापानी, लिपुलेक र लिम्पियाधुरामा स्याटलाइटबाट जनगणनाको दाबी,जनगणना लक्षित गरी सीमा पुलमै निगरानी

कालापानी, लिपुलेक र लिम्पियाधुरामा स्याटलाइटबाट जनगणनाको दाबी,जनगणना लक्षित गरी सीमा पुलमै निगरानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • १०:३५:०४ बजे
  • 2.7K
    SHARES
  • कालापानी, लिपुलेक र लिम्पियाधुरामा स्याटलाइटबाट जनगणनाको दाबी,जनगणना लक्षित गरी सीमा पुलमै निगरानी

    नेपालको नयाँ नक्सामा समेटिएका भूगोल कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने दार्चुलाको ब्यास गाउँपालिका–१ कुटी, नाभी र गुञ्जीमा स्याटलाइटबाट जनगणना हुने दाबी सरकारले गरिरहेको छ ।

    images

    ‘भारतीय अतिक्रमणको चपेटामा परेका’ ती गाउँमा जनगणना त परै जाओस् सोही वडाका तिंकर र छाङरूमा पनि जनगणना सुरु हुन सकेको छैन । कुटी, नाभी र गुञ्जीमा जनगणनाका लागि जिल्लालाई कुनै निर्देशन दिइएको छैन भने बाँकी गाउँमा जनगणनाका लागि गणक पुग्न सकेका छैनन् ।

    नेपाली गाउँमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भए पनि भारतीय प्रशासनले अनुमति दिएको छैन । जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणनाबारे अनविज्ञता प्रकट गरे ।

    यसबारे कुनै निर्देशन नआएको उनले बताए । राष्ट्रिय जनगणनाका लागि घरधुरी सूचीकृत गर्दासमेत कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका गाउँको घरधुरी सुचिकृत गरिएको छैन ।

    ‘छाङरू–तिंकर भन्दा माथिल्लो क्षेत्रमा जाने अनुमति थिएन, घरधुरी सूचीकृत पनि त्यहाँभन्दा अगाडि गरिएको छैन,’ जनगणना अधिकारी पाण्डेले भने ।

    जनगणना लक्षित गरी सीमा पुलमै निगरानी भारतको धार्चुला प्रवेश गर्ने दार्चुला सदरमुकामको सीमा पुलमा भारतीय एसएसबीले नेपाली कर्मचारी तथा नागरिकमाथि सुक्ष्म निगरानी बढाएको छ ।

    नेपाली मिडियामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने गाउँमा जनगणना बारे चर्चा भइरहेकाले भारतीय सुरक्षा निकाय चनाखो बनेको हो ।

    गत शुक्रबार भारतीय बाटो भएर ब्यास गाउँपालिका फर्केका शिक्षा शाखा प्रमुख केशबराज ओझाले धार्चुलाको सीमा पुलमा एसएसबीले केरकार गरेको बताए । नेपालमा २५ कात्तिकबाट जनगणना भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # कालापानी, लिपुलेक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology