Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शिल्पा र राज कुन्द्राविरुद्ध फेरि अर्को मुद्दा दर्ता

शिल्पा र राज कुन्द्राविरुद्ध फेरि अर्को मुद्दा दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • १३:३३:३० बजे
  • 1.0K
    SHARES
  • शिल्पा र राज कुन्द्राविरुद्ध फेरि अर्को मुद्दा दर्ता

    बलिउड नायिका शिल्पा शेट्टी तथा उनका श्रीमान् राज कुन्द्राविरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेशनमा मुद्दा दर्ता भएको छ । नितिन बराई नामका व्यक्तिले शिल्पा र राजले सन् २०१४ देखि हालसम्म स्पा र जिम फ्रेन्चाइजी बाँड्ने नाममा थुप्रै पटक धोका दिएको आरोप लगाएका छन् ।

    images

    नितिनले यो मामिलामा काशिफ खान, दर्शित शाह र उनका केही साथीलाई पनि आरोपी बनाएका छन् । यद्यपि, काशिफ र दर्शित को हुन् र शिल्पा–राजको कम्पनीमा उनीहरुको के भूमिका छ त्यसबारे पत्ता लाग्न सकेको छैन ।


    १.५ करोड भारु लगानी गराएर धोका दिएको आरोपः


    नितिनका अनुसार उनले पुणेको कोरेगाँवमा शिल्पा र राजको कम्पनी ‘मेसर्स एसएफएल प्राइभेट कम्पनी’ को जिम र स्पाको फ्रेन्चाइजी खोलेका थिए ।

    आरोपीले उनलाई १ करोड ५९ लाख २७ हजार भारु लगानी गर्न लगाए र ती पैसा नीजि प्रयोग गरेको आरोप लगाए । नितिनका अनुसार उनले पैसा फिर्ता माग्न थालेपछि आरोपीले धम्काउन सुरु गरे ।


    शिल्पा र राजसँग छिट्टै सोधपुछ हुने सम्भावनाः


    नितिनको ऊजुरीपश्चात् बान्द्रा प्रहरीले शिल्पा शेट्टी, राज कुन्द्रासमेत अन्य आरोपीविरुद्ध मुद्दा दर्ता गराएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले यो मामिलामा छिट्टै आरोपीसँग सोधपुछ गर्न सक्छ ।

    राज कुन्द्रा र शिल्पाको पक्ष थाहा पाएपछि प्रहरीले छिट्टै उनीसँग सम्पर्क गर्न सक्छ ।

    पोर्न केसमा जमानतपछि देखिएका छैनन् राजः

    पोर्नोग्राफी मामिलामा राज कुन्द्रा जेलबाट छुटेपछि खासै सार्वजनिक स्थानमा देखिएका छैनन् । उनले १ नोभेम्बरमा आफ्नो ट्वीटर र इन्स्टाग्राम अकाउन्ट डिलिट पनि गरेका थिए ।

    पोर्नोग्राफी केसमा पक्राउ परेका राज कुन्द्रा २ महिनापछि २० सेप्टेम्बरमा बम्बे हाईकोर्टबाट जमानत पाएका थिए ।

  • सम्बन्धित विषय:

  • # शिल्पा र राज कुन्द्रा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology