Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बढ्यो हवाई भाडा (सूचीसहित)

बढ्यो हवाई भाडा (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • १९:०८:२३ बजे
  • 1.5K
    SHARES
  • बढ्यो हवाई भाडा (सूचीसहित)

    सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेपछि वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएको छ । सरकारले वहाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मुल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ ।

    images

    अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएको छ भने आज (आइतबार)बाट यो भाडादर कायम भएको छ ।

    परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं-धनगढी रुटमा २२० रुपैयाँ बढेको छ । यस्तै काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ ।

    यस्तै पोखरा-विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । काठमाडौंबाट जुम्ला उडानमा १७० रुपैयाँ भाडा बढी पर्ने भएको छ ।

    वायुसेवा संचालक संघले काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको जनाएको छ ।

     हेर्नुहाेस् सूची

  • सम्बन्धित विषय:

  • # बढ्यो हवाई भाडा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology