एजेन्सी । भारतीय फिल्म उद्योगकी नायिका प्रित सिंहको करियरको ग्राफ तीब्र रुपमा बढिरहेको छ ।
तमिल र तेलुगु फिल्मकी सुपरस्टार रहेकी रकुल प्रितलाई हिन्दी फिल्ममा पहिचान भने ‘दे दे प्यार दे’ बाट प्राप्त भयो । यो फिल्ममा उनी अजय देवगणकी गर्लफ्रेण्डको भूमिकामा देखा परेकी थिइन् ।
यसबाटै उनको क्रेज बढेर गयो । नायिका प्रितले आजभोलि आफ्नो आगामि फिल्मको पोस्टर लिएर चर्चामा छाएकी छन् । फिल्मको नाम हो ‘छतरीवाली’ र त्यसको पोस्टर केही दिन पहिले सामाजिक सञ्जालमा रिलिज गरिदिइएको छ ।
फिल्मको पोस्टर धेरै नै रोचक तरिकाले प्रस्तुत गरिएको छ । नायिकाको हातमा डाइरेक्टरको क्लाप जसरी कण्डमको प्याकेट समाउन लाइएको छ ।
कण्डमको प्याकेट जस्तो क्लाप लिएर उभिएकी प्रितको लुक सामाजिक सञ्जालमा भाइरल भएको छ । रकुलले उक्त पोस्टरलाई सेयर गर्दै लेखेकी छन्, ‘बिना मौसम बर्षा जहिले पनि हुन सक्छ ।
आफ्नो छतरी अर्थात छाता तयार राख्नुहोस् ।’ फिल्मको सुटिङ्ग लखनउमा हुने भएको छ । जानकारी अनुसार रकुल प्रित सिंह यसमा कण्डमको परीक्षकको भूमिकामा रहेकी बताइएको छ ।