Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्यमन्त्री राईलाई विश्वासको मत दिन कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री राईलाई विश्वासको मत दिन कांग्रेसको ‘ह्विप’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७८ सोमवार • १८:४८:४७ बजे
  • 751
    SHARES
  • मुख्यमन्त्री राईलाई विश्वासको मत दिन कांग्रेसको ‘ह्विप’

    प्रदेश नम्बर १ सरकारको गठबन्धनमा रहेकोे नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभामा कात्तिक ३० गते मंगलबार हुने विश्वासको मत लिने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    images

    विराटनगरस्थित प्रदेश सभा सचिवालयमा सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राजेन्द्र कुमार राईले पेश गर्नुभएको विश्वासको मतमा मतदान गर्न ह्विपसमेत जारी गरिएको नेपाली कांग्रेस संसदीय दलका सचिव चुम नारायण तावेदारले जानकारी दिनुभयो ।

    संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने र पार्टीको तर्फबाट प्रदेश सरकारमा नियुक्त मंत्रीहरुलाई बधाइ दिने निर्णय भएको सचिव तावेदारले बताउनु भयो ।

    संसदीय दलको बैठकमा २१ जना प्रदेश सांसदहरुको उपस्थिति रहेको थियो । विश्वासको मत लिएपछि आगामी दिनमा कसरी अगाडी जाने बारे छलफल गरीने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology