Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसभन्दा बढी अमेरिका–चीनबीच तनाव

कोरोना भाइरसभन्दा बढी अमेरिका–चीनबीच तनाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७७ मंगलवार • १५:३८:२१ बजे
  • 2.0K
    SHARES
  • कोरोना भाइरसभन्दा बढी अमेरिका–चीनबीच तनाव

    चीन र अमेरकाबीच गहिरिँदै गएको तनाव संसारभरीका लागि कोरोना भाइरस महामारीभन्दा पनि ठूलो समस्या हुनसक्छ । यस्तो मान्यता चर्चित अर्थशास्त्री तथा कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री स्याक्सको हो ।
    स्याक्सले बीबीसीसँगको कुराकानीमा संसार ‘कसैको नेतृत्व बिना ठूलो विनाश’ को स्थितीमा रहने बताए । दुई सुपरपावरका बीच बढ्दो दुरीका कारण यस्तो समस्या बढ्ने उनले चेतावनी दिएका छन् ।
    अमेरिका–चीनबीच बिग्रदोँ सम्बन्धका लागि जेफ्री स्याक्स अमेरिकी प्रशासन जिम्मेवार भएको मान्यता राख्छन् ।

    images

    बीबीसी एशिया बिजनेस रिपोर्टलाई दिएको आफ्नो अन्तरवार्तामा उनले भने, ‘अमेरिका एक साझेदारी शक्ति हो, सहयोगी होइन । यो त्यस्तो शक्ति हो जो चीनसँग एउटा शीतयुद्धको स्थिती चाहन्छ । यदि यस्तै प्रकारको नीति रहे हामी कहिल्यै पनि पहिले झैं सामान्य स्थितीमा फर्कन पाउने छैनौं । हामी ठूलो विवाद र  खतरामा उल्झिनेछौं ।’

    दुई देशबीच बढिरहेको छ तनावः

    स्याक्सको बयान यस्तो समयमा आएको हो जब चीन र अमेरिकाबीच व्यापारसमेत थुप्रै मोर्चामा तनाव बढिरहेको छ ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाल स्ट्रिट जर्नललाई दिएको एक अन्तरवार्तामा चीनमाथि निशाना साँधेका थिए । उनले भनेका थिए, ‘सम्भव छ कि चीनले संसारभरी भाइरस फैलाउन मद्दत गरेको छ । किनभने ऊ आफ्नो प्रतिस्पर्धी देशको अर्थव्यवस्था ध्वस्त पार्न चाहन्छ । ’

    ह्वावेसमेत चीनका थुप्रै कम्पनी अमेरिकाको निशानामा छन् । अमेरिकाले चीनले ह्वावेको प्रयोग ग्राहकको जासुसीका लागि गरिरहेको आरोप लगाइसकेको छ । चीन र ह्वावे दुबैले यी आरोप खण्डन गरेका छन् ।

    यद्यपि, अमेरिकाका पूर्व रक्षा सल्लाहकार जोन बालटनले आफ्नो नयाँ किताबमा अमेरिकी राष्ट्रपतिको यो कडा व्यवहार पुनः चुनाव जित्ने रणनीति मात्रै भएको बताएका छन् ।

    प्राध्यापक स्याक्स पनि ह्वावेमाथि निशाना साँध्नुको पछाडि सुरक्षासँग सम्बन्धित कुनै पनि कारण नभएको बताउँछन् ।

    ‘अमेरिका फाइभजीको रेसमा पछि परेको छ, एक नयाँ डिजिटल अर्थव्यवस्थाका लागि प्रविधि अत्यधिक महत्वपूर्ण छ । ह्वावेले संसारभरीको मार्केटमा आफ्नो सेयर बढाउँदै गएको छ । मेरो मान्यता अनुसार अमेरिकाले ह्वावे संसारका लागि खतरा भएको भन्दै झुटो फैलायो र आफ्ना सहयोगीमाथि ह्वावेसँग सम्बन्ध तोड्न दबाब सिर्जना गर्यो ।’

    अन्य देशसँग चीनको बढ्दो तनावः

    चीनको विवाद अमेरिकासँग मात्रै होइन । भारत–चीन सीमामा पनि तनाव बढेको छ । गत हप्ता एलएसीमा भएको मुठभेडमा २० भारतीय जवानको मृत्यु भयो । चीनले नेपाल, पाकिस्तान, श्रीलङ्का र म्यान्मारमा अत्यधिक लगानी गरेको छ । यसलाई भारतको प्रभावलाई कम गर्ने कोसिको रुपमा हेरिएको छ ।

    स्याक्सका अनुसार चीनको बढदो दबदबा अन्य एशियाली मुलुकका लागि समस्याको कारण हो, विशेषगरी तब जब चीनले शान्ति र सहयोगसहित अघि बढ्न चाहन्छ भनेर आश्वासन दिने कोसिस गर्दैन ।

    ‘चीनले डर कम गर्नका लागि थप कोसिस गरिरहेको छ ? ’ मेरो जवाफ हो, ‘पक्कै पनि ।’

    स्याक्स भन्छन्, ‘ठूलो निर्णय अब चीनको हातमा छ । यदि चीनले एक सफ्ट पावरले झैं सहयोग गरे, कूटनीतिक, क्षेत्रीय सहयोगी र सबै पक्षलाई समेटेर लिएर अघि बढे मलाई लाग्छ एशियाको भविष्य उज्ज्वल छ, किनभने यो एक शक्तिशाली मुलुक हो ।’

    स्रोतः बीबीसी/रातोपाटी

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology