Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितवनमा बन्द गराउन खोज्ने अनेरास्ववियु वाग्मती प्रदेश इञ्चार्ज सहित १० पक्राउ

चितवनमा बन्द गराउन खोज्ने अनेरास्ववियु वाग्मती प्रदेश इञ्चार्ज सहित १० पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • ११:१५:४५ बजे
  • 1.3K
    SHARES
  • चितवनमा बन्द गराउन खोज्ने अनेरास्ववियु  वाग्मती प्रदेश इञ्चार्ज सहित १० पक्राउ

    नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो ।

    सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पु¥याउन पाएका छैनन् ।

    थापाले भन्नुभयो, “जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।” बन्द आह्वानका कारण अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन् ।

    बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology