Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाचौं राष्ट्रिय सम्मेलनले नाम परिवर्तन गरेको हो

विप्लव निकट दलित मुक्तिमोर्चाले गर्‍यो नाम परिवर्तन ,नयाँ नाम श्रमिक समुदाय मोर्चा नेपाल

विप्लव निकट दलित मुक्तिमोर्चाले गर्‍यो नाम परिवर्तन ,नयाँ नाम श्रमिक समुदाय मोर्चा नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • १३:१२:१६ बजे
  • 2.5K
    SHARES
  • विप्लव निकट दलित मुक्तिमोर्चाले गर्‍यो नाम  परिवर्तन ,नयाँ नाम श्रमिक समुदाय मोर्चा नेपाल

    विप्लव निकट दलित मुक्ति मोर्चा, नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन रामलाल विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको छ ।

    images

    कात्तिक २७ गते सुदूर–पश्चिमको धनगढीमा उद्घाटन भएको सम्मेलनको २८,२९ गते बन्द सत्रमा मोर्चाको नीति, आगामी योजना, कार्यक्रम र सङ्गठनको नाम परिवर्तन लगायतका विषयमा गम्भीर छलफल भएको थियो ।

    सम्मेलनको बन्द सत्रमा दलित मुक्ति मोर्चा, नेपालका अध्यक्ष डम्बर विश्वकर्माले राजनैतिक प्रतिवेदन र विधान प्रस्तुत गरेका थिए ।

    प्रतिवेदनमाथि समूहगत छलफल गर्दै आवश्यक परिमार्जन सहित पारित गरिएको छ भने बन्द सत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य निर्माण, शीतल लगायतले प्रशिक्षण दिएका थिए ।

    सम्मेलनको बन्द सत्रले सङ्गठनको नाम परिवर्तन गर्दै श्रमिक समुदाय मोर्चा, नेपाल राख्ने निर्णय गरेको छ । काम र श्रमका आधारमा राखिएको जात व्यवस्थाले विभेद र असमानता बढाएको निष्कर्षसहित श्रमिक वर्ग र समुदायको भाव झल्किने खालको नाम राख्ने सन्दर्भमा सङ्गठनको नाम श्रमिक समुदाय मोर्चा, नेपाल राख्ने प्रस्तावलाई प्रतिनिधि, पर्यवेक्षकले सर्वसम्मतिले पारित गरेको नवनिर्वाचित अध्यक्ष रामलाल विश्वकर्माले जानकारी दिए ।

    रामलाल विश्वकर्माको अध्यक्षतामा निर्वाचित समितिको उपाध्यक्षमा जितेन्द्रमान महरा, महासचिव त्रिलोचन विश्वकर्मा, सचिव उमेश सिके, रामकुमार पासवान, कोषाध्यक्ष जानकी बराल रहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology