Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

अपडेट: विप्लव समूहका ८६ जना कार्यकर्ता पक्राउ

अपडेट: विप्लव समूहका ८६ जना कार्यकर्ता पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • १४:०९:५९ बजे
  • 469
    SHARES
  • अपडेट: विप्लव समूहका ८६ जना कार्यकर्ता पक्राउ

    नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारी साधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ ।

    images

    औधोगिक क्षेत्र र व्यापार व्यवसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।

    यसैबीच सवारी साधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

    भाडाका ठुला सवारी साधन कम सङ्ख्यामा चले पनि निजी र सरकारी सवारी साधन सञ्चालनमा कुनै प्रभाव देखिएन । उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्यवृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ ।

    यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बन्द कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

    अहिले यातायातका सवारी साधन सामान्य रुपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कार्यकर्ता पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology