Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

विद्युतीय चुल्हो र बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

विद्युतीय चुल्हो र बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • १५:४५:०६ बजे
  • 553
    SHARES
  • विद्युतीय चुल्हो र बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

    images

    मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९ र २०औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए ।

    उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको पनि प्रष्ट पारे । प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए ।

    उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे । “हामीले किन यो ग्याँसको चुल्हो बाल्ने ? हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ ।

    बस चलाउन सक्दछौँ । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ,” उनले भने,“त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौँ, तपाईंहरु सुरु गर्नुस् ।”

    कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन् । निजी क्षेत्रलाई विद्युत् व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउन पनि उनले आग्रह गरिन् ।

  • सम्बन्धित विषय:

  • # विद्युतीय चुल्हो र बस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology