Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महोत्तरीमा विप्लव समूहको नेपाल बन्दको प्रभाव शून्य

महोत्तरीमा विप्लव समूहको नेपाल बन्दको प्रभाव शून्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • १८:२६:३३ बजे
  • 1.6K
    SHARES
  • महोत्तरीमा विप्लव समूहको नेपाल बन्दको प्रभाव शून्य

    विप्लव समूहले मूल्य वृद्धिको विरुद्धमा मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव महोत्तरीमा शून्य देखिएको छ ।

    images

    विप्लव समूहका कार्यकर्ताहरू सडकमा जम्मा भए पनि प्रहरीले निगरानी बढाएका कारण जनजीवन सामान्य बनेको र कुनै पनि क्षेत्रमा बन्दको प्रभाव नदेखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    बिहानैदेखि पूर्वपश्चिम जाने सवारीसाधन निर्वाधरूपमा चलेका थिए भने कलकारखाना तथा व्यापार, व्यवसायमा समेत कुनै प्रभाव देखिएन । केही निजी शिक्षण संस्था बन्द भए पनि सामुदायिक शिक्षण संस्थामा भने पठनपाठन भएको थियो ।

    यात्रुलाई कुनै सास्ती नहोस् भन्ने उद्देश्यले प्रहरी बिहानैदेखि सडकमा तैनाथ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology