Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाँच दलीय सत्ता गठबन्धनको समन्वय समतिले भन्यो- ‘अदालतमा देखिएको समस्या यथाशीघ्र निकास हुनुपर्दछ’

पाँच दलीय सत्ता गठबन्धनको समन्वय समतिले भन्यो- ‘अदालतमा देखिएको समस्या यथाशीघ्र निकास हुनुपर्दछ’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • १९:१८:५० बजे
  • 1.7K
    SHARES
  • पाँच दलीय सत्ता गठबन्धनको समन्वय समतिले भन्यो- ‘अदालतमा देखिएको समस्या यथाशीघ्र निकास हुनुपर्दछ’

    पाँच दलीय सत्ता गठबन्धनले न्यायपालिकाको गतिरोधको यथाशिघ्र निकास हुनुपर्ने प्रतिक्रिया दिएको छ ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बसेको पाँच दलीय गठबन्धन राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति ध्यानाकर्षण जनाउँदै सम्बन्धित सबै पक्षबाट छिटो निकास दिने दिशामा पहल गर्न आह्वान गरेको छ ।

    ‘राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई कायम राख्ने गरी यथाशिघ्र निकास हुनुपर्दछ भन्ने हाम्रो धारणा छ’, संयोजक रामचन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिने निर्णय पनि गरेको छ ।

    बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology