नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज महोत्तरी जाँदै छन ।
एक स्वास्थ्य संस्थाको उद्घाटनका लागि अध्यक्ष प्रचण्ड आज महोत्तरी जान लागेका हुन । अध्यक्ष प्रचण्डले आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा रहेका स्वास्थ्य संस्थाको उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यस कार्यक्रमका लागी नगरपालिकाले आज सार्वजनिक बिदा समेत दिएको छ ।
नगरपालिकाका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि दाहाल महोत्तरी पुग्ने कार्यक्रम रहेका कारण सार्वजनिक बिदा दिएको रामगोपालपुर नगरपालिकाले जनाएको छ ।

सार्वजनिक बिदा नगरपालिकाले सच्यायो (विज्ञप्ति)

महोत्तरीको रामगोपालपुर नगरपालिकाले दिएको बिदा सच्याएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आउने भनेर दिइएको बिदा सच्याएको हो ।
प्रचण्ड आज स्वास्थ्य केन्द्र उद्घाटन गर्न आउने भन्दै नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको थियो । मंगलबार जारी गरेको सूचनामा भुलवश सार्वजनिक बिदा दिने उल्लेख भएको भन्दै नगरप्रमुख अशोक कुमार मण्डलले विज्ञप्ति निकालेर समा चकेवाका लागि बिदा दिने उल्लेख गरेका हुन् ।
बुधबार र बिहिबार नगरपालिकाभित्रका शैक्षिक संस्था भने बिदा हुने प्रमुख मण्डलको भनाई छ ।