Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजदेखि प्रधानन्यायाधीशविरुद्ध बारका नयाँ आन्दोलनका कार्यक्रम

आजदेखि प्रधानन्यायाधीशविरुद्ध बारका नयाँ आन्दोलनका कार्यक्रम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • १०:१७:३७ बजे
  • 535
    SHARES
  • आजदेखि प्रधानन्यायाधीशविरुद्ध बारका नयाँ आन्दोलनका कार्यक्रम

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एशोसियसनले आजदेखि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

    images

    मंगलबार साँझ बसेको बारको बैठकले शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नयाँ घोषणा गरिएका कार्यक्रमहरु आजबाटै लागू हुनेछन ।

    यसअघि सर्वोच्च अदालतअगाडि धर्ना दिँदै आएको बारले यसलाई निरन्तरता दिने छ । बारको धर्नाका कारण पछिल्ला दुई दिन अदालत आउँदा प्रधानन्यायाधीश जबराले वैकल्पिक गेट प्रयोग गरेका थिए ।

    सर्वोच्च अदालत परिसमा विरोध प्रदर्शन गरिरहेको बारले आजबाट देशका १८ वटै उच्च अदालतहरुमा समेत विरोध प्रदर्शन गर्ने भएको छ ।

    बारले प्रधानन्यायाधीश राणालाई शुक्रबारसम्म राजीनामा दिन यसअघि नै अल्टिमेटम पनि दिइसकेको छ । त्यसो त प्रधानन्यायाधीश जबराले यसअघि आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताइसकेका छन् ।

    उनले आफ्नो राजीनामा अहिलेको समस्याको निकास नभएको जिकिर गर्दै आएका छन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology