Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास छ : प्रचण्ड

सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • १३:५२:५६ बजे
  • 898
    SHARES
  • सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास छ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सर्वोच्च अदालतमा देखिएको विवाद एक/दुई दिनमै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

    images

    अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रचण्डले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए ।

    बुधबार जनकपुर विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासाको जबाफ दिने क्रममा प्रचण्डले अदालतभित्र देखिएको समस्या त्यही भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको उल्लेख गरे ।

    त्यसैले अब उक्त विषयमा बढी बोली राख्नु आवश्यक समेत नभएको उनले प्रतिक्रिया दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology