Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रकाशमान सिंहलाई काठमाडौँ बाहिरका मान्छेले चिन्दैनन् : कोइराला

प्रकाशमान सिंहलाई काठमाडौँ बाहिरका मान्छेले चिन्दैनन् : कोइराला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • १७:१६:३२ बजे
  • 658
    SHARES
  • प्रकाशमान सिंहलाई काठमाडौँ बाहिरका मान्छेले चिन्दैनन् :  कोइराला

    नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेता कृष्णप्रसाद सिटौलालाई आफ्नो पक्षमा तान्न सके पार्टी सभापतिमा शेरबहादुर देउवालाई हराउन सकिने दाबी गरेका छन् ।

    images

    १४औँ महाधिवेशनमा वर्तमान सभापति देउवालाई पराजित गर्न संस्थापनइतर समूहबाट नेता सिटौलासहित एकल उम्मेदवारी दिएर हराउन सकिने दाबी गरेका हुन् ।

    “रामचन्द्रजी त एकचोटी लडिसक्नुभएको छ । अब दोस्रो हो, सिटौलाजी । सिटौलाजीलाई पनि हाम्रो टिममै तान्नुपर्यो । किनभने सिटौलाजीसँग पनि धेरै मान्छेहरु छन्,” सोमबार सर्लाहीको हरिवनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले भने,“उहाँसहित हामी सबैको टिमबाट एउटै मान्छेले निर्वाचन लड्यो भने शेरबहादुरजी हार्नुहुन्छ ।”

    उनले सभापतिका आकांक्षी रहेका नेता प्रकाशमान सिंहलाई काठमाडौँ बाहिरकाले नचिन्ने दाबी गरे । “प्रकाशमान सिंहको बारेमा भन्दाखेरि नराम्रो लाग्छ, तर सत्य हो ।

    उहाँ काठमाडौँमै घेरिएर बस्नुभएको छ । काठमाडौँ बाहिर निक्लिनेवित्तिकै प्रकाशमानलाई मान्छेले चिन्दैनन् । हुन त उहाँ पार्टीको महामन्त्री पनि हुनुहुन्थ्यो । तर, साथीहरुसँग उहाँको आत्मीयता म देख्दिनँ ।”

    महामन्त्री कोइरालाले दाजु शेखर कोइरालाले पनि टिमबाट साझा उम्मेदवार बन्नका लागि अरु नेताहरुलाई मिलाउनुपर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology