Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले पार्टी र केपी शर्मा ओली मधेस विरोधी होः पुष्पकमल दाहाल प्रचण्ड

एमाले पार्टी र केपी शर्मा ओली मधेस विरोधी होः पुष्पकमल दाहाल प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • १७:२५:१२ बजे
  • 1.8K
    SHARES
  • एमाले पार्टी र  केपी शर्मा ओली मधेस विरोधी होः पुष्पकमल दाहाल प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले एमाले पार्टी र त्यसको अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी भएको बताएका छन् ।

    images

    उनले आज महोत्तरीको रामगोपालपुर नगरपालिकाको कार्यक्रममा यस्तो बताएका हुन् । प्रचण्डले माओवादीले पहिलेदेखि नै मधेशीहरुको पक्षमा रहेको भन्दै उनले मधेस विरोधी ओली, एमाले र महन्त–राजेन्द्रहरुको कारण अहिलेपनि संविधानमा मधेसको विषयमा प्रष्ट हुन् नसकेको उनले बताए ।

    उनले भने, ‘ केपी ओली र एमाले मधेस विरोधी हो, राष्ट्र विरोधी हो ।’ उनले आफूले मधेसबाट चुनाव जितेर दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसको विषयमा संविधानमा संसोदन प्रस्ताव गर्दा ओलीले र एमालेको कारण रोकिएको उनले बताए ।

    उनले आफूलाई मधेसको मसिहा भन्ने राजेन्द्र महतो र महन्त ठाकुर पनि ओलीसँग लम्पसार पर्दा मधेसको विषयमा संविधानमा संसोधन हुन नसकेको उनले बताए ।

    उनले राजेन्द्र र महतो पनि मधेशको विरोधी भएको बताए । उनले आफूले दुई पटक संविधान संसोधन प्रस्ताव गरेको र त्यसलाई पास गराउन अन्तिमसम्म लड्ने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology