Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मंगला गाउँपालिका-१ कुहुँमा माओवादीको प्रथम अधिवेशन बाट समिति गठन

मंगला गाउँपालिका-१ कुहुँमा माओवादीको प्रथम अधिवेशन बाट समिति गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • १९:३२:४१ बजे
  • 1.2K
    SHARES
  • मंगला गाउँपालिका-१ कुहुँमा माओवादीको प्रथम अधिवेशन बाट समिति गठन

    सन्तोष गौतम /  बेनी- मंगला गाउँपालिका–१ कुहँमा नेकपा माओबादी केन्द्रको प्रथम अधिवेशन बाट समिति गठन वडा कमिटी गठन भएको छ । 

    images

    ओमबहादुर किसान (नबिन)को अध्यक्षतामा गठन भएको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा टेकमान सिर्पाली, सचिबमा कमलबहादुर खत्री, कोषाध्यक्षमा मिना नेपाली दर्जी र सहसचिबमा केशब पुन रहनुभएको छ । 

    पृथीलाल बिकको अध्यक्षता, मनप्रसाद किसानको सञ्चालन र ओमबहादुर किसानको स्वागतमा सम्पन्न कार्यक्रममा माओवादीका गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर बिश्वकर्माले परिवर्तनलाई सस्थागत, संबिधान र ब्यवस्थालाई बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुको एकता आवश्यक रहेको बताउनुभयो । 

    kuhu1.jpg

    माओवादीको मंगला गाउँपालिका कमिटी संयोजक यामबहादुर रोकाले माओवादीको एजेण्डा अनुसार आएको संघियताले गाउँ गाउँमा बिकास गतिबिधी बढेको, जनताको आवश्यकता र माग सम्बोधन भएका, समावेशी ब्यवस्थाले महिला, जनजाती र दलित समुदायले अवसर पाएका बताउनुभयो । 

    कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनको मंगला गाउँपालिका उपाध्यक्ष खबहादुर किसान, पुर्ब जिल्ला सल्लाहकार खड्गबहादुर पुर्जाले माओवादीको संगठन र राजनीतिक गतिबिधी बढेपछि जनतामा परिवर्तनको संस्थागत हुने आशा पलाएको बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # मंगला गाउँपालिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology