Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मंगला गाउँपालिका बाबियाचौरमा माओवादीको वडा अधिबेशन सम्पन्न

मंगला गाउँपालिका बाबियाचौरमा माओवादीको वडा अधिबेशन सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • १९:४३:२८ बजे
  • 997
    SHARES
  • मंगला गाउँपालिका बाबियाचौरमा माओवादीको वडा अधिबेशन सम्पन्न

    बाबियाचौर, १ मंसिर । मंगला गाउँपालिका–२ मा बुधबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । 

    images

    हिदीमा भएको अधिबेशनले अर्जुन शाहीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ । उपाध्यक्षमा भिमसेन किसान, सचिबमा बालकृष्ण पुर्जा, सहसचिबमा लक्षिन मल्ल र कोषाध्यक्षमा सुवा बिक चयन हुनुभएको माओवादी केन्द्रका युवा नेता मोतिलाल पौडेलले जानकारी दिनुभयो । 

    wada1.jpg

    कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य टेकबहादुर बिश्वकर्माले परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो । सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको उहाँको भनाई थियो । 

    wada3.jpg

    माओवादीको पालिका कमिटी संयोजक याम रोकाले माओवादी आन्दोलनका कारण प्राप्त भएको संघीयता, समावेशी, समानुपातिक ब्यवस्थाले दुर्गम क्षेत्रमा बिकासका गतिबिधी बढेका र पछाडी परेका समुदायले अवसर पाएकाले माओवादीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । 

    जिल्ला सदस्य तथा मंगलाका सचिब कुलबहादुर पुन, मोतिलाल पौडेल, जिल्ला सल्लाहकार खड्गबहादुर पुर्जाले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # वडा अधिबेशन सम्पन्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology