Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजीनामा न्यायाधीशहरूले मुख्य बटमलाइन

राजीनामा न्यायाधीशहरूले मुख्य बटमलाइन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • ०८:२४:३५ बजे
  • 670
    SHARES
  • राजीनामा न्यायाधीशहरूले मुख्य बटमलाइन

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई न्यायाधीशहरूले मुख्य बटमलाइन बनाउँदा गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधि पारित गर्न बोलाउन लागिएको फुलकोर्ट बैठक अनिश्चित बनेको छ ।

    images

    सर्वोच्चकै न्यायाधीशहरूको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधिको मस्यौदा तयार भए पनि प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा नजाने केही न्यायाधीशको अडानका कारण फुलकोर्ट बठक अनिश्चित बनेको सर्वोच्च स्रोतले बतायो ।

    प्रधानन्यायाधीशका कारण न्यायालय विवादमा परेको भन्दै निकास दिनुपर्ने न्यायाधीशहरूको माग यथावत् रहेको छ ।

    प्रधानन्यायाधीश राणले गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रिया अगाडि नबढाएको, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा उदासीनता देखाएकोलगायतको विषय उठाएर न्यायाधीशहरूले ८ कात्तिकदेखि सर्वोच्चको न्याय सम्पादन ठप्प बनाउँदै आएका छन् ।

    प्रधानन्यायाधीश राणाले ७ कात्तिकमा नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिसँग गोलाप्रथाबाट पेसी सूची तोक्न र वरिष्ठ अधिवक्ताको पद बाँड्ने विषयमा फुलकोर्ट बैठकबाट समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । 

    सर्वोच्चका १३ जना न्यायाधीशले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक बहिष्कार गर्नुका साथै इजलास बहिष्कार गरेका न्यायाधीशहरू अहिले पनि आन्दोलनरत छन् ।

    यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य बटमलाइन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology