Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा पाँच कम्पनी लाई कारबाही

गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा पाँच कम्पनी लाई कारबाही

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • ०८:२९:३५ बजे
  • 676
    SHARES
  • गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा पाँच कम्पनी लाई कारबाही

    गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा पाँच कम्पनी कारबाहीमा परेका छन । गुणस्तर तथा नापतौल विभागले बुधबार सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ।

    images

    विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरेका ति कम्पनीका उत्पादन बिक्री वितरणमा पनि रोक लगाएको छ ।

    बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमुना विभागको प्रयोेगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तरबमोजिम नपाइएकाले नेपाल गुणस्तर प्रमाण–चिह्न ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारबाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

    उनका अनुसार सिरहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्डानुसार गुणस्तर नभएको भेटिएको हो। कम्पनीले एउटा गुणस्तर भने पनि अनुगमन र नमुना परीक्षण गर्दा सो गुणस्तर भेटिएको थिएन।

    विभागले तीनै सिमेन्ट उद्योगका उत्पादन बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लग्नसमेत निर्देशन दिएको छ। मारुतीले उत्पादन गरेको सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरअनुरूप नरहेको, कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो।

    कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ फेला परेको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। युनाइटेडले कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै विभागले कारबाही गरेको हो।

    कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनेपर्नेमा ३५ र ३९ फेला परेको परेको थियो। यसैगरी जगदम्बा कम्पनीले उत्पादन गरेको सिमेन्टको तीन र सात दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो।

    कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० फेला परेको थियो। श्री ग्यासको बोटलिङ बन्द विभागले ग्यास बोटलिङमा सामान्य सुरक्षाका मापदण्ड पनि पूरा नगरेको भन्दै श्री ग्यासको बोटलिङ अपरेसन नै बन्द गराएको छ।

    उद्योगले सिलिन्डरमा सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र उद्योगमा सिभिटी मेसिनसमेत नभएको भन्दै कारबाही गरिएको विभागले जनाएको छ। 

    उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिन्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नुपर्नेमा मर्मत गरेको, स्प्रिङ्कल मेसिन चालु अवस्थामा नरहेको र प्रेरगजको क्यालिब्रेस नभएको अवस्थामा फेला पारेपछि ग्यास उद्योग नै बन्द गरेको विभागमा महानिर्देशक पुडासैनीले जानकारी दिए।

    विभागले उद्योग बन्द गर्दै १५ दिनभित्र स्पष्टीकरण पेस गर्ने भन्दै पत्रचार गरेको राससले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology