Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

अमेरिकी सहायकमन्त्रीले प्रधानमन्त्री देउवालाई भेट्दै

अमेरिकी सहायकमन्त्रीले प्रधानमन्त्री देउवालाई भेट्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १०:४८:०९ बजे
  • 502
    SHARES
  • अमेरिकी सहायकमन्त्रीले प्रधानमन्त्री देउवालाई भेट्दै

    नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् ।

    images

    दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझ मात्र काठमाडौं आएका थिए ।

    आज प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

    उपसहायकमन्त्री केली केइन्डरलिङ आज आइपुग्दै छिन् । अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि यो भ्रमण भएको हो ।

    कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दूतावासले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # देउवालाई भेट्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology