Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेको १०औँ महाधिवेशनको तयारी तीब्र,देशभरबाट पाँच लाख मान्छे उतारिने

एमालेको १०औँ महाधिवेशनको तयारी तीब्र,देशभरबाट पाँच लाख मान्छे उतारिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १०:५०:३२ बजे
  • 769
    SHARES
  • एमालेको १०औँ महाधिवेशनको तयारी तीब्र,देशभरबाट पाँच लाख मान्छे उतारिने

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले १०औँ महाधिवेशनको तयारी तीब्र बनाएको छ । १०–१२ मंसिरमा चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन् ।

    images

    अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएको छ । उद्घाटनमा झन्डै ५ लाख नागरिकको सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन् ।

    जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेका अनुसार नारायणी किनारमा मञ्च बनाएर महाधिवेशनलाई भव्य बनाउने र पाँच लाख मानिस उतार्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।

    जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशैभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो ।

    १० गते उद्घाटन भएपछि ११ गते सौरहामा बन्दसत्र आयोजना हुनेछ । एमालले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ । एमाले महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान हुन लागेको हो ।

    एमालले १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा नै तालिमसमेत दिँदैछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology