Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमाले लगायत तीनदलका १३० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले लगायत तीनदलका १३० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • ११:११:२८ बजे
  • 2.1K
    SHARES
  • नेकपा एमाले लगायत तीनदलका १३० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

    जुम्लामा नेकपा एमाले, नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी परित्याग गरी १ सय ३० जनाले नेकपा माओवादी केन्द्र रोजेका छन् ।

    images

    नेकपा माओवादी केन्द्र जुम्लाका नेता तथा सांसद गजेन्द्रबहादुर महतका अनुसार उनीहरु सबै तीलागुफा गाउँपालिकाका हुन् । बुधबार माओवादी केन्द्रको प्रथम तिलागाउँ सम्मेलन गरिएको थियो ।

    त्यही क्रममा उनीहरु पार्टी प्रवेश गरेको उनको भनाइ छ । नवप्रवेशीहरुलाई सांसद महत, पूर्व राज्यमन्त्री गोमा कुँवर लगायतका नेताले फूलमाला र अवीर लगाएर स्वागत गरेका थिए ।

    उनीहरुले माओवादी केन्द्र नै गरिब, निमुखाको पार्टी भएकोले अन्य दल त्याग गरेको बताएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology