Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’

प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १२:१०:४९ बजे
  • 541
    SHARES
  • प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक ‘फुलकोर्ट’ बोलाएका छन् । बिहीबार दिउँसो २ बजे बस्ने गरी फुलकोट बोलाएको मुख्य रजिस्ट्रार लालबाबु कुँवरले जानकारी दिए ।

    images

    बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छ । यसअघि बुधबार सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरुले फुलकोर्ट बोलाउने सहमति गरेका थिए ।

    बुधबार बसेको न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै फुलकोर्ट बोलाउने निर्णय गरेको थियो ।

    नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरुबीच सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुलकोर्ट बोलाउन आग्रह गर्ने निर्णय गरेका थिए ।

    सामूहिक छलफलमा रहेका ती न्यायाधीशका अनुसार बुधबार बसेको प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठकमा नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो । जसमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायत विषय रहेका छन् ।

    उक्त सहमतिसँगै १४ न्यायाधीशहरुले मुख्य रजिष्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न निर्देशन दिएका थिए । उनीहरुले मुख्य रजिष्ट्रारलाई निर्देशन दिएपछि प्रधानन्यायाधीश जबराले फुलकोर्ट आह्वान गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology