Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

"छोड्दिन साथ भन्यौ र पो हात समाए"

"छोड्दिन साथ भन्यौ र पो हात समाए"

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७७ शुक्रवार • २०:११:१७ बजे
  • 5.6K
    SHARES
  • "छोड्दिन साथ भन्यौ र पो हात समाए"
    सीता खडका
    हिरा हैन चाँदीको सिक्का भएनी चल्छ !
    तिम्रो साथ मा जीवन फिक्का भएनी चल्छ !
    तिम्ले मलाई, मैले तिम्लाई गुमाउने डर नहोस् ! 
    सुखदुःखमा साथै आँसुका ढिक्का भएनी चल्छ !!

    छोड्दिन साथ भन्यौ र पो हात समाएकी थिएँ !
    तिमी ढुङ्गा नै हो भगवान त मैले बनाएकी थिएँ !
    धोकेवाज रहेछौं अलपत्र छोडेर हिड्यौं !
    मैले त मन मन्दिरमा मस्त डेरा जमाएकी थिएँ।!

    बेचिएको आत्माले भविष्यको सप्ना देख्दैन !
    बेचिएको  कलमले क्रान्तिको  गीत लेख्दैन !
    कायरले खोल्सालाई गडगडाउँने बाढी देख्छ !
    मृत्युञ्जयी योध्दालाई बन्दूकले कैलै छेक्दैन !!

    थाहा छ साचो माया गर्नेको किन हार हुदैछ !
    आफ्नै को नजरमा तिर्स्कृत बार बार हुदैछ !
    स्वार्थिहरुले बदनाम गरिदिए स्वच्छ प्रेमलाई ! 
    धन हुनेको धनसंग मन हुनेको ब्यापार हुदैछ!!

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology