Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कानुन व्यवसायीको आन्दोलनमा बल प्रयोग, बार अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

कानुन व्यवसायीको आन्दोलनमा बल प्रयोग, बार अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १३:३८:३४ बजे
  • 1.3K
    SHARES
  • कानुन व्यवसायीको आन्दोलनमा बल प्रयोग, बार अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

    प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानुन व्यवसायीहरुले जानकारी दिएका छन् ।

    images

    सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् ।

    सर्वोच्च परिसरमा बिहीबार प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोड्न खोजेपछि कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

    धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम धिमिरे, केन्द्रीय सदस्य प्रकश महर्जन, वरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए । उनीहरुमाथि प्रहरीले हातपात गरेको कानुन व्यवसायीहरुको भनाइ छ ।

    एकजना डिएसपीको हातमा चोट लागेको छ । घाइतेमध्ये बार अध्यक्ष श्रेष्ठ र प्रकाश महर्जनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

    शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology