Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी केन्द्रमा ७ लाखभन्दा बढी पार्टी सदस्य

माओवादी केन्द्रमा ७ लाखभन्दा बढी पार्टी सदस्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १५:४१:०७ बजे
  • 1.5K
    SHARES
  • माओवादी केन्द्रमा ७ लाखभन्दा बढी पार्टी सदस्य

    नेकपा माओवादी केन्द्रको पार्टी सदस्यको संख्या ७ लाखभन्दा बढी पुगेको छ। हालै सम्पन्न पार्टी सदस्यता वितरण तथा नवीकरणका क्रममा सात लाखभन्दा बढीले सदस्यता नवीकरण तथा प्राप्त गरेका छन्।

    images

    अहिलेसम्म सात लाख भन्दा बढीले सदस्यता लिएको र बाँकी ५० हजार जना जतिले सदस्यता नवीकरण तथा नयाँ प्राप्त गर्न बाँकी रहेको सदस्यता वितरण तथा नवीकरण विभागका शिव खकुरेलले जानकारी दिए।

    खकुरेलका अनुसार प्राविधिक कारण सदस्यता आवेदन दिन र नवीकरण गर्न बाँकी रहेकाले आज बेलुकासम्म समय पाएका छन्। बाँकी रहेका विशेष र प्रवास समितिले केही दिनभित्र भरिसक्ने छन्।

    सबैले नवीकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्दा पार्टी सदस्य संख्या ८ लाख नाघ्ने उनले बताए। माओवादी केन्द्रले पहिलो पटक अनलाइन प्रणालीमार्फत सदस्यता वितरण तथा नवीकरण गरेको हो।

  • सम्बन्धित विषय:

  • # पार्टी सदस्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology