म्याग्दी २ मंसिर । मंगला गाउँपालिका–३ मा बिहिवार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ ।
बरंजामा भएको अधिबेशनले श्यामबहादुर थापाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ । उपाध्यक्षमा सोमबहादुर छन्त्याल, सचिबमा खिमनाथ आचार्य, सहसचिवमा प्रकाश पुन, कोषाध्यक्षमा टिकाकुमारी बि.क, चयन हुनुभएको माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य टेकबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता मोहनलाल सापकोटा र कार्यक्रम संचालन श्याम बहादुर थापाले गर्नु भएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य टेकबहादुर बिश्वकर्माले परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो ।

सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको छ दलित,महिला जनजातिलाई सम्मान दिनु अधिकार पर्छ भन्ने दल माओवादी केन्द्र हो,अहिले नेपाली जनताले बुझ्दै छ्न वास्तविक पीडितहरुलाई उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो त्यसै सबै परिवर्तनकारी माओवादी समावेश भएर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।

माओवादीको पालिका कमिटी संयोजक याम रोकाले माओवादी आन्दोलनका कारण प्राप्त भएको संघीयता, समावेशी, समानुपातिक ब्यवस्थाले दुर्गम क्षेत्रमा बिकासका गतिबिधी बढेका र पछाडी परेका समुदायले अवसर पाएकाले माओवादीलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
जिल्ला सदस्य टेक प्रसाद सापकोटा ,जि.स लाल बहादुर विक,सहिद परिवारबाट कृष्ण विक, पालिका सदस्य दिलाराम कडेल, पालिका ycl अध्यक्ष दिप रोका,महिला सदस्य नु माया किसान , जिल्ला सदस्य प्रेम गिरिले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।