Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इजरायली सेनासंगको झडपमा ५७ प्यालेस्टाइनी घाइते

इजरायली सेनासंगको झडपमा ५७ प्यालेस्टाइनी घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १९:२८:०८ बजे
  • 520
    SHARES
  • इजरायली सेनासंगको झडपमा ५७ प्यालेस्टाइनी घाइते

    एजेन्सी । जेरुसेलमको अल-इसाविया नजिक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ प्यालेस्टाइनीहरू घाइते भएको सञ्चार माध्यमले जनाएका छन् ।

    images

    कुड्सनेट समाचार एजेन्सीले जनाएअनुसार इजरायली सैनिकहरूले गरेको अश्रु ग्यास प्रहारबाट अधिकांश घाइते भएका छन्। प्यालेस्टाइनीहरूले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेका छन् ।

    इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध दशकौंदेखि बिग्रिएको छ। प्यालेस्टाइनीहरूले इजरायलले आंशिक रूपमा ओगटेको पूर्वी जेरुसेलम र गाजा पट्टीलगायत वेस्ट बैंकको भूभागमा आफ्नो स्वतन्त्र राज्यको लागि कूटनीतिक लडाइ लडिरहेका छन् ।

    इजरायली सरकारले प्यालेस्टाइनलाई स्वतन्त्र राजनीतिक र कूटनीतिक संस्थाको रूपमा मान्यता दिन अस्वीकार गरेको छ र संयुक्त राष्ट्रसंघको आपत्तिको बावजुद कब्जा गरिएका क्षेत्रमा बस्तीहरू निर्माण गरिरहेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology