म्याग्दी २ मंसिर । मालिक गाउँपालिका–२ रूममा बिहिवार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ ।
रुममा भएको अधिबेशनले हर्कलाल दर्जीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ ।

उपाध्यक्षमा दिनेश पुन, सचिबमा याम बहादुर पुन, सहसचिवमा नन्दकाला घर्ती, कोषाध्यक्षमा खिम बहादुर बि.क, चयन हुनुभएको माओवादी केन्द्रका जिल्ला कमिटि संयोजक रेशम जुग्जाली सुबिनले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली सुबिनले परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो ।
सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको छ दलित,महिला जनजातिलाई सम्मान दिनु अधिकार पर्छ भन्ने दल माओवादी केन्द्र हो,अहिले नेपाली जनताले बुझ्दै छ्न वास्तविक पीडितहरुलाई उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो त्यसै सबै परिवर्तनकारी माओवादी समावेश भएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

जिल्ला सदस्य दोरण शेरचनले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।