Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चरम मानवीय संकटमा अफगानिस्तान

चरम मानवीय संकटमा अफगानिस्तान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १०:०१:२८ बजे
  • 559
    SHARES
  • चरम मानवीय संकटमा अफगानिस्तान

    एजेन्सी । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आह्वान गरेको छ ।

    images

    राष्ट्रसंघका लागि अफगानिस्तानकी दूत दिवोराह लायोन्सले अफगानी जनताललाई वित्तिय र मानवीय सहयोग गर्न दातृ निकायलाई आह्वान गरेकी हुन् ।

    राष्ट्रसंघका अनुसार अफगानिस्तानको चार करोड जनसंख्यामध्ये ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा परेको छ । हिउँद लागेसँगै त्यहाँको अवस्था डरलाग्दो देखिएको छ ।

    खाद्यन्न अभावकै कारण विकृति देखिएका छन् । मानिसहरुले आफ्ना सन्तान बेच्न थालेका छन् । केही अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छोडेका छन् भने बाल विवाहका घटना बढेका छन् ।

    ‘यतिबेला अफगानिस्ताका मानिसहरुको समस्याबाट भाग्ने समय होइन्,’ लायोन्सले भनिन् । संकटको समयमा अफगानिस्तानलाई बिर्सनु गंम्भीर भूल हुने र त्यसले नराम्रो परिणाम ल्याउने पनि उनले चेतावनी दिइन् ।

  • सम्बन्धित विषय:

  • # चरम मानवीय संकट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology