Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रधानन्यायाधीशकाे अधिकार कटाैती

प्रधानन्यायाधीशकाे अधिकार कटाैती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १०:०७:०४ बजे
  • 442
    SHARES
  • प्रधानन्यायाधीशकाे अधिकार कटाैती

    सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोक्ने नियमावली संशोधन गरेको हो ।

    images

    सो नियमावली लागू भएपछि अब प्रधानन्यायाधीशले पेशी तोक्न नपाउने भएको छ । एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशबाहेकका १८ जना न्यायाधीश छुट्टै बसेर गोलाप्रथा नियमावली संशोधन र निर्देशिका पारित गर्ने निर्णय गरेको हो ।

    पूर्ण बैठकबाट स्वीकृत नियमावली र निर्देशिका मुख्य रजिस्ट्रारमार्फत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएर राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः पूर्ण बैठक बसेपछि गोलाप्रथा लागू हुनेछ ।

    ९ पृष्ठको यो निर्देशिकाले गोलाप्रथा प्रणालीसम्बन्धी विस्तृत व्यवस्था गरेको छ । निर्देशिकाअनुसार इजलास गठन र पेशी सूची निर्धारण गर्न मुख्य रजिस्ट्रारले सो दिनका लागि तोकिएका मुद्दालाई समूहमा विभाजन गरेर उक्त दिन गठन हुन सक्ने इजलास संख्याबारे प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई जानकारी गराउनुपर्ने हुन्छ ।

    जसअनुसार प्रत्येक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोला प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेशी सूची निर्धारणको कार्य प्रारम्भ हुनेछ ।गोला प्रक्रियाद्वारा बृहत् पूर्ण÷पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेछ ।

    गोला तान्न समान रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ । निर्देशिकामा जनाइएअनुसार त्यस्ता गोटीलाई त्यसपछि अपारदर्शी थैलीमा राखिनेछ र न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एकवटा गोटी तान्नुपर्नेछ ।

    याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # अधिकार कटाैती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology