Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेजनको जंगल फडानी १५ वर्ष यताकै तीब्र

अमेजनको जंगल फडानी १५ वर्ष यताकै तीब्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १०:२६:२४ बजे
  • 775
    SHARES
  • अमेजनको जंगल फडानी १५ वर्ष यताकै तीब्र

    एजेन्सी । ब्राजिलमा जंगल फडानी तीब्र रूपमा भइरहेको छ । अमेजनको जंगल फडानी १५ वर्ष यताकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन् ।

    images

    ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार ब्राजिलमा एक वर्षमा जंगल फडानी २२ प्रतिशतले बढेको छ । यसै साता सम्पन्न कोप सम्मेलनमा ब्राजिललगायत विभिन्न देशहरुले सन् २०३० सम्ममा बन फडानी रोक्ने प्रतिबद्धता जनाएका थिए ।

    अमेजन करिव ३० लाख प्रजातिका बनस्पति र जनाबर तथा १० लाख आदिवासीहरुको घर हो । पछिल्लो तथ्यांकअनुसार सन् २०२० देखि सन् २०२१ को अवधिमा अमेजनमा १३ हजार २३५ वर्ग किलोमिटर क्षेत्रको जंगल मासिएको छ ।

    यो सन् २००६ पछिकै ठूलो वन विनाश हो । तथ्यांकले चुनौती दिएको र जगंल विनाश जस्तो अपराध रोक्न कठोर कानुन आवश्यक भएको त्यहाँका वातावरण मन्त्रीले बताएका छन् । तर, तथ्यांकले पछिल्लो महिना सरकारले गरेको पहललाई नसमेटेको उनले बताए ।

    राष्ट्रपति जैन बोल्सोनारो सत्तामा पुगेपछि अमेजनको जंगल विनाशमा तीब्रता आएको विज्ञहरुले बताउँदै आएका छन् । बोल्सोनारोले जंगलमा कृषि र खानीजन्य गतिविधि सञ्चालन गर्न प्रोत्साहन दिँदै आएको बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अमेजनको जंगल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology